सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगञ्ज, जेठ १६ । बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको हिउँदे मकै शीतलहरका कारण परागशेचन हुन नसक्दा यसवर्ष करीब ५० प्रतिशतले मकै उत्पादनमा कमी आएको छ ।
जिल्लामा यसवर्ष १३ हजार ५९५ हेक्टरमा हिउँदे मकैखेती गरेकामा ५३ हजार २० दशमलव ५ मेट्रिक टन उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो । किसानले गतवर्ष १३ हजार ५९५ हेक्टरमा ८४ हजार २८९ मेट्रिक टन मकै उत्पादन भएको थियो । यसवर्ष गतवर्षको तुलनामा ३१ हजार २६९ मेट्रिक टन कम मकै उत्पादन भएको छ ।
मकैको घोगामा दाना नलाग्दा जिल्लामा १२ हजारभन्दा बढी किसान मारमा परेका छन् । क्षतिपूर्ति उपलब्ध गराउन केन्द्रमा पत्राचार गरिएको कार्यालयका सूचना अधिकारी राजवंशीप्रसाद चौरसियाले बताउनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा