सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष अर्थात श्रावण एक गतेबाट पेन्सनको साटो निवृत्तिभरण योजना ल्याउने भएको छ। पेन्सनको भार थेग्न नसक्ने भएपछि सरकारले आगामी श्रावण १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने भएका हुन्।
आज सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५ ७६ को बजेटमा आगामी साउन १ गतेदेखि नियुक्त हुने राष्ट्रसेवकहरुलाई योगदानमा आधारित निवृत्तिभरण योजना अनिवार्य लागू गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।
हाल सरकारलाई पेन्सनको भार प्रत्येक पाँच वर्षमा दोब्बर पर्दै आएको छ। गत वर्षमात्रै नेपालको कुल बजेटको ६ प्रतिशत रकम पेन्सनमा खर्च भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा