सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ १५ । कर्तव्य ज्यान मुद्दामा जेल जिबन बिताइरहेका बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन् । २०७४ कात्तिक १४ देखि जेल चलान भएका ढुंगेल मंगलबार बिहान जेलमुक्त भएका हुन् ।
डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको थियो।
उनको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय काठमाडौंमार्फत सिफारिस मागेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले ढुंगेल लगायत केही कैदीहरुको कैद मिनाहको सिफारिससहित कारागार व्यवस्थापन विभागलाई पठाईएको थियो भने विभागले सिफारिसका लागी मन्त्रालयमा पठाएको हो । आइतबारको मन्त्रिपरिषद्को बैठकले कैद माफीसम्बन्धि सिफारिसको निर्णय गरेको थियो।
सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार ढुंगेलसहित ८ सय १६ कैद माफीको प्रस्ताव स्वीकृत गरेकी थिइन। ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलनका आधारमा बाँकी कैद माफी हुने प्रवाधानका आधारमा ढुंगेल आज जेलमुक्त भएका हुन्।
२०५५ असार १० गते ब्यापारी उज्जयन श्रेष्ठलाई तत्कालीन माओवादीले तारकेराबारी खहरे खोलामा गोली हानी हत्या गरेको थियो । उनलाई ब्यक्तिगत रिसिवि र सुराकीको आरोप लगाई ढुंगेलकै निर्देशनमा गोली हानि हत्या गरेको परिवारको आरोप छ । जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमा ढुंगेललाई कर्तब्य ज्यान मुद्धामा दोषी ठहर गरी सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो।
त्यसपछि पक्राउ परेर कैद सजाय भुक्तान गरिरहेका बेला पुनरावेदन अदालतले फैसला उल्ट्याइदिएपछि उनी रिहा भएका थिए । उनी तत्कालिन माओवादीकातर्फबाट २०६४ सालको पहिलो संविधानसभा सदस्यमा ओखलढुंगाबाट निर्वाचित समेत भएका थिए ।
सर्वोच्च अदालतले २०६६ सालमा उक्त सजायलाई सदर गरेपछि भने उनी फरार भए ।
सर्वोच्चले बारम्बार ताकेता गर्दा पनि प्रहरीले पक्राउ नगरेको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तत्कालीन प्रहरी महानिरिक्षक प्रकाश अर्याल विरुद्ध २०७४ कात्तिक ७ गते हदैसम्मको कारबाही माग गर्दै रिट दायर गरेपछि ढुंगेल पक्राउ परेका थिए ।
ढुंगेललाई दोषी ठहर गरेको फैसला जिल्ला अदालत ओखलढुंगाबाट फ्याक्स मार्फत मगाएर छलफलपछि काठमाडौं जिल्ला अदालतले ढुंगेललाई डिल्लीवजार कारागार चलान गरेको थियो ।
सर्बोच्चले ढुंगेलको कैद सजाय मिनाहा सम्बन्धि सरकारी निर्णयको सक्कल फाईल माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश द्धय मिरा खड्का र टंकबहादुर मोक्तानको सोमबार बसेको संयुक्त इजलासले ढुंगेलको कैद सजाय मिनाहा सम्बन्धि सरकारी निर्णयको सक्कल फाईल महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता हुनेगरी अदालतमा झिकाउन आदेश दिएको छ ।
सरकारी वकिलहरुले ढुंगेललाई कैद सजाय मिनाहा के कारणले गराउने खोजेको हो भन्ने थाहा पाउन नसकिएको बताएपछि त्यसको सक्कल फाईल अदालतमा पेश गर्न आदेश दिइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा