सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १४। लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से सोमबार भने बढेको छ । कारोबार भएकामा सबै जसो कम्पनीको शेयरको मूल्य बढेपछि नेप्से सोमबार एकै दिन ३६ अंकले बढेर १३ सय ३६ को बिन्दुमा पुगेको छ । सोमबार बिहान ११ बजे बजार खुले लगत्तै घटेको नेप्से झण्डै एक घन्टापछि बाट बढ्न थालेको हो ।
सोमबार कारोबार भएका सबै समूहको परिसूचक बढेका कारण समग्रमा नेप्से पनि बढेको हो । नेप्सेसँगै सोमबार कारोबार रकम पनि आइतबारको तुलनामा ८ करोडले बढेर ४८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा