सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १३ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार सूचीमा रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक ९एसएसपी० श्यामबहादुर खत्री देशभित्र नरहेको प्रहरीको निष्कर्ष छ ।
उच्चस्तरीय छानविन समितिले पक्राउ गर्न खोजेपछि कार्य विभागमा कार्यरत खत्री त्यसअघि नै करिब २५ दिनको बिदा स्वीकृत गरेर बसेका थिए ।
समितिले पक्राउ गर्न खोजेपछि उनी फरार भए । उनी हालसम्म कहाँ छन् भन्ने कसैलाई जानकारी नभए पनि प्रहरीले भने देश बाहिर रहेको आशंकामा डिफ्युजन नोटिस जारी गर्न लागेको नागरिक दैनिक पत्रिकाले छापेको छ
त्यस्तै, ३३ किलो सुन तस्करी तथा सन शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयोग गरेका तीनवटा पेस्तोल खोजिरहेको छ ।
स्रोतका अनुसार गत वर्षदेखि नै उनले हतियार बोक्दै आएका थिए । विभिन्न रेस्टुरेन्टमा बस्दा उनले हतियार झिकेर टेबुलमा राखेपछि मात्रै कुराकानी सुरु गर्ने गरेको स्रोतले जनाएको छ ।
३३ किलो सुनका मालिक भनिने एमके (मोहनकुमार) अग्रवालका मानिसले कुटपिट गर्दा त्यही हतियार देखाएर उनी भागेका थिए ।
३३ किलो सुन गायव भएपछि गोरेले थाई एयरलाइन्सका सिनियर इन्जिनियर सानु बनलाई त्यही हतियार देखाएर पटकपटक मानसिक यातना दिने गरेको नागरिक दैनिक पत्रिकाले छापेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा