सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, जेठ ११ । निर्माणाधीन घरको छतबाट लडेर बिहीबार झापामा एक भारतीय नागरिकको मृत्यु भएको छ। भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईँको घर निर्माणका क्रममा उनी चारतला माथिबाट लडेका थिए।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको थियो। तर बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा