सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरीयाली नेता किम जोङ उन बिच हुन लागेको शिखर वार्ता टरेको छ । दुबै नेताको बिच १२ जुनमा सिंगापुरमा भेटवार्ता हुने तय भएको थियो । यो प्रस्तावित भेटवार्तामा विश्वभरको ध्यानाकर्षण भएको थियो उत्तर कोरीयाली नेतालाई पठाइएको पत्रमा अमेरीकी राष्ट्रपतिले भनेका छन् “हालै मात्रको बयानमा तपाईले आक्रोश र दुश्मनीलाई ब्यक्त गनुभएको छ । यसलाई मध्यनजर गर्दे यो समय हामी दुईको विच भेटवार्ता उचित छैन” ।
अमेरीकी राष्ट्रपतिले यसलाई अवसरलाई गुमाउनु हो भन्दै भनेका छन कि “उनलाई अहिलेपनि कुनै दिन किमसँग भेटवार्ताको आशा छ” । संयुक्त राष्ट्रमा उत्तर कोरीयाका राजदुतले ट्रंपद्धारा शिखर वार्ता रद्ध गरेकोमा कुनै पनि प्रतिक्रिया दिएनन् ।
ट्रंपले आफनो पत्रमा लेखेका छन् “कृपया यो पत्रलाई सिंगापुर शिखर वार्ताको प्रतिनिधित्व मानियोस । यो दुबै पक्षको लागी राम्रो तर विश्वको लागी अहितकार छ । यो वार्ता हुनेछैन” ।
“तपाई आफनो परमाणु क्षमताको कुरा गनु हुन्छ, तर हामीसँग त्यो भन्दा पनि धेरै विनाशकारी र शक्तिशाली हतियार छन् । म भगवानसँग यो प्राथना गछु कि यसको कहिलेपनि प्रयोगै नहोस “।
उत्तर कोरीयाले पनि वार्ता नगर्ने धम्कि पहिला नै दिएको थियो, आइतवार उत्तर कोरीयाले ट्रपसँग शिखर वार्ताबाट वाहिर निस्कने धम्कि दिएका हुन्। उसले चेतावनी दिदै यदि आवश्यक परेमा वाशिंगटनको साथै परमाणु प्रदर्शनको लागी पनि तयार रहेको बताएका थिए ।
उत्तर कोरीयाको परमाणु हतियार विकसित गनु कोरीयाली प्रायद्धिपमा तनावको कारण थियो । यसै कुरालाई लिएर अमेरीका पनि उत्तर कोरीयासँग चिडिएको थियो । यही कारणले बढ्दै गएको विवादमा जब ट्रपले किमलाई ‘लिटिल रकेट म्यान’ भनेर मजाक उडाए त्यही बेलादेखी नै दुबै देश बिच खटपट अझ बढ्दै गयो । संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने क्रममा अमेरीकी राष्ट्रपतिले धम्कि दिदै भनेका थिए कि यदि जरुरत परेमा उत्तर कोरीयालाई पुरै नष्ट गरीनेछ ।
यस्तो छ ट्रपले वार्ता स्थगनको लागी किमलाई लेखेको पत्र
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा