सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ९। राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने बैठक बुधबार यहाँ सम्पन्न भएको छ । सो बैठकले राजनीतिक तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित गर्यो ।
निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली काँग्रेससँगको तालमेललाई पराजयको मूल कारण ठहर गर्दै बैठकले पार्टीको विधान संशोधन, राजसंस्था सहितको लोकतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि सशक्त भएर जनतामा जाने निर्णय गर्यो ।
पार्टीले जेठदेखि माघ मसान्तभित्र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दू राष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने र समान विचारधारा भएका व्यक्ति, समूह र दलसँग एकता र सहकार्य गर्ने भएको छ ।
सोही अवसरका आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले प्रजातन्त्र र संविधानको आवरणमा सर्वसत्तावाद कायम हुने खतरा बढ्दै गएको बताए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा