सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ९। बुधबार प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। यसमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ ।
पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमा सवारी साधानमा पुरानो एक थान साइकल रहेको उल्लेख छ ।विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ ।
ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ भने बैंकमा पण्डितको नाममा २५ लाख र बिमलाको नाममा ३० लाख बचत रहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा