सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इनरुवा, जेठ ९ । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा मंगलबार राति भएको आगलागीमा रु चार लाख बराबरको क्षति भएको छ । स्थानीय घोपा पाल र सेवन पालको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । घुरबाट अचानक आगलागी हुँदा पालद्वयका चारवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आगलागीमा परी घरभित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचरका सामान, जलेर नष्ट हुँदा रु चारलाख मूल्य बराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ ।
आगलागीलाई स्थानीयवासी, इनरुवा नगरपालिकाबाट गएको बारुणयन्त्र र प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सुमन मेहताले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा