सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, जेठ ९। नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत भएका छन् । माओवादीको तर्फबाट टंक राई, समिता कार्की अस्मिता, रामकुमार राई पासाङ र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।
यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटीमा बसेका सबैजना नेता नवगठित पार्टीको पनि केन्द्रीय सदस्य बनेका स्रोतले जनाएको छ । माओवादीका तर्फबाट केन्द्रीय सदस्य बनेका टंक राई यसअघि स्थायी समिति सदस्य हुनुहुन्थ्यो भने अन्य तीनजना पोलिटब्यूरो सदस्य थिए । टंक राई पूर्व सांसद हुनुहुन्छ भने समिता कार्की अस्मिता र दुर्गाजयन्ती राई पूर्व सभासद् छन् । पूर्व सभासद् रामकुमार राई पासाङ अहिले खोटाङ क्षेत्र नम्बर–२ ख का प्रदेशसभा सदस्य छन् ।
एमालेको तर्फबाट केन्द्रीय सदस्य बनेका खगेन्द्र राई यसअघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने विशाल भट्टराई र राजन राई वैकल्पिक केन्द्रीय सदस्य थिए । विशाल भट्टराई हाल खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने राजन राई खोटाङ क्षेत्र नम्बर–१ ९क०बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा