सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ ९ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् ।
एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरुले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए ।
यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
केही दिनअघि भारतको सिलगुढीस्थित आफन्तको घरमा गएका गोरेले आफुन निर्दोष रहेको तर सबै दोष आफुमाथि लगाईएको बताएका थिए ।
नेपाल प्रहरीले भारतीय प्रहरी र आफन्तको सहयोगमा गोरेलाई पश्चिम बंगालबाट पक्राउ गरेको दाबी स्रोतले गरे पनि छानविन समितिले भने काठमाडौं गौरीघाटबाट नियन्त्रणमा लिईएको जनाइएको छ ।, आजको नागरिकमा यो खबर छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा