सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ८ । साढे ३३ किलो सुन र सनम हत्याका मुख्य योजनाकार गोरे भनिने चुँडामणि उप्रेतीलाई सार्वजनिक गरीएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले गोरेलाई उनलाई मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएको छ ।
गोरे काठमाण्डौ आएको सुक्ष्म खबर पाएको आधारमा आज विहान अन्दाजी ५ः३४ बजेको समयमा काठमाण्डौ महानगरपालीका वडा नं ८, गौरीघाट क्षेत्रबाट पक्राउ परेको हो । उनलाई सोधपुछको क्रममा प्रतिवादी बनाइएका यसै मुद्धाका अभियुक्तहरु यसअघि फरार सुचीमा राखी मुद्धा दायर भईसकेका गोरबाट जम्मा ६५ जना मध्ये हालसम्म फरार ३३ जना र पक्राउ परेका ३२ जनाको समेत थप पुष्ट्याई , प्रमाण तथ्यहरु र सुचनाहरु सोधपुछबाट प्राप्त भएको पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार गोरेबाट थप अन्य सुचनाहरु र यी अभियुक्तहरु बाहेक अन्य तथ्य सम्भावित तथ्य र प्रमाणहरुको विषयहरुमा अन्य सुचनाहरु प्राप्त भएको प्रहरीको भनाई छ ।
“यो गम्भीर र जटिल प्रकृतिको जेरी जस्तै गरी जेलिएको र यसलाई सेलरोटीलाई छुट्याएको जस्तै गरी छ्ट्याउनु पर्ने गम्भीर प्रकृतिको अनुसन्धान भएको तथा अदालतमा विचाराधीन विषय भएकोले यसलाई गम्भिरताका साथ हेरिएको बताएका छन्” ।
उक्त मुद्धा मोरङ अदालतमा दर्ता भएको हुदा गोरेलाई पक्राउ पर्ना साथ अदालतमा उपस्थित गनुपर्ने भएकोले पत्रकार सम्मेलन पछि नै उनलाई विराटनगर चलान गरीने भएकोछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा