सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ८ । मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ (आइएससी) को काम अर्को सूचना जारी नभएसम्मका लागि सोमबारदेखि बन्द गरेको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
कामदारलाई आर्थिक भार पर्ने गरी मलेसियाले एकतफी रुपमा लागू गरेका ५ वटा संयन्त्रहरुलाई सरकारले हटाइदिएपछि मलेसियाले आइएससी काम रोकेको हो । आइएससीको का मगर्न मलेसियाले जीएसजी सर्भिस प्रालिलाई ठेक्का दिएको थियो ।
काठमाडौंस्थित मलेसियन दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको अनुसन्धानलाई सहयोग पुर्याउन आइएससीको काम बन्द गराएको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भीएलएन, ओएससी, जीएसजी, माइग्राम्सको नाममा गैरकानुनी रुपमा शुल्क उठाइरहेको निर्णय गरेपछि गृहले ती कम्पनीको काम कारवाही आइतबारदेखि रोकेपछि कामदारको भिसा प्रक्रिया तत्कालका लागि अवरुद्ध भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा