सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गौशाला, जेठ ७ । महोत्तरीको लोहारपट्टी नगरपालिका अन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडामा एक हजार जनाका लागि एउटामात्रै शौचालय रहेको छ । लोहारपट्टी नगरपालिका– १ बगडामा सो विद्यालयमा कक्षा १ देखि १२ सम्ममा कूल ९९८ विद्यार्थी, १७ शिक्षक र दुई परिचर रहेका छन् । मा ती सबैका लागि त्यस विद्यालयमा एउटामात्रै शौचालय रहेको छ ।
विगत दुई दशकदेखि सो विद्यालयमा एउटामात्रै शौचालय रहेको छ । एउटै शौचालय भएका कारण विद्यार्थी र शिक्षकले पालो कुर्नु परिरहेको प्रधानाध्यापक श्यामसुन्दर यादवले बताए । शौचालयका लागि पटक पटक जिल्ला शिक्षा कार्यालयलाई लिखित अनुरोध गर्दैआएको उनको भनाइ छ।
“विद्यार्थी र शिक्षकलाई निकै समस्या हुने गरेको छ,” उनले भने । ढोका फुटेको, चुक्कुल नभएको र पर्खाल जीर्ण भइसकेको सो शौचालयमा छात्रा महिनावारी भएका बेला तथा सामान्यरुपमा दिसापिसाब गर्न जाँदा समस्या हुने गरेको कक्षा १० की छात्रा विभाकुमारी यादव बताउछन् ।
यहाँ खानेपानीको समेत अभाव छ । विद्यालयमा बगडा, महदैया, मधेपुरा, अन्हारवन, सुखैनिया, पररिया, तपनपुर, जगतियालगायत ठाउँका विद्यार्थी पढ्न आउने गरेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा