सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर, जेठ ७ । काठमाडौं उपत्यकामाभन्दा लुम्बिनीमा वायु प्रदूषणको मात्रा बढी पाइएको छ । वातावरण विभागले वायुको अवस्था मापन गर्ने स्टेसनको एक वर्षको तथ्यांक हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा बढी पाइएको हो । उद्योगले निकाल्ने धुवाँ र धुलोका कारण लुम्बिनीमा प्रदूषण बढी पाइएको विभागकी उपमहानिर्देशक सफला श्रेष्ठ बताउँछिन् ।
काठमाडौं उपत्यकामा सात, पोखरामा तीन, सौराहा, लुम्बिनी र धुलिखेलमा एउटा/एउटा स्टेसन छन् । गत वर्ष जडान भएका ती यन्त्रको एक वर्षको नतिजा हेर्दा सबैभन्दा लुम्बिनीमा वायु प्रदूषण बढी पाइएको हो । उनी भन्छिन्–‘त्यस क्षेत्रमा भएका उद्योग नै प्रदूषण गराउने प्रमुख कारक भएको पाइएको छ ।’
सीमानजिकका ठाउँमा छिमेकी मुलुकबाटसमेत धुलो–धुवाँ आउने सम्भावना हुन्छ । तर, कति यहाँको धुलो र कति उताबाट आउँछ भन्ने अहिलेसम्म अध्ययन हुन सकेको छैन । उनी भन्छिन्–‘कुन–कुन उद्योगले कति र कस्ता फोहर निकाल्छन् ? भन्ने विस्तृत् अध्ययन गर्नुपर्छ ।’ नेपालभित्रै भएका उद्योगकोसमेत कहाँ–कहाँ कस्ता उद्योग छन् र तिनले कस्ता प्रदूषण गराएका छन् ? भन्ने एकीकृत तथ्यांक छैन ।
सौराहा, पोखरा र धुलिखेलभन्दा काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा बढी छ । काठमाडौं उपत्यकामा भने गर्मी महिनामाभन्दा जाडो महिनामा वायु बढी प्रदूषित पाइएको छ । विभागले यो आर्थिक वर्षमा थप चार स्थानमा स्टेसन राख्ने योजना गरेको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा