सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तस्करी र भ्रष्टाचारलाई निस्तेज हुने गरी काम गर्न डिआईजीहरुलाई निर्देशन दिएका छन्।
प्रदेश प्रमुख, महानगरीय प्रहरी कार्यालय र विभिन्न ब्यूरोमा जिम्मेवारी पाएका डिआईजीहरुलाई निर्देशन दिदै आइतबार गृह मन्त्रालयमा उनले यस्तो बताएका हुन्। देशमा रहेका सबै किसिमका सिण्डिकेट अन्त्य हुने गरी काम गर्नुपर्नेमा थापाको जोड थियो।‘यातायात क्षेत्रको सिण्डिकेट अन्त्यको प्रक्रियामा छ। अब स्वास्थ्य, शिक्षा देखि तरकारीसम्ममा रहेको सिण्डिकेट अन्त्य गर्न जरुरी छ।
तपाईहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ती सबै किसिमका सिण्डिकेट हटाउनुहोस्,’ उनले भने,‘गृहमन्त्रालयले तपाईहरुलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ ,सबै जिम्मेवारी आफैमा महत्वपुर्ण छन्।हाम्रो अपेक्षा र विश्वाँस तपाईहरुले पुरा गर्नुहुनेछ।’सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशसान कायम गर्नु पहिलो शर्त बताउदै उनले भने, ‘त्यो सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हो र त्यसमा पनि सुरक्षा निकायको प्रमुख जिम्मेवारी हो।’प्राकृतिक स्रोत र साधनको दोहन भईरहेको भन्दै आफ्नो प्रदेशमा तत्काल त्यो रोक्न पनि प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।
निर्देशनको क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीको सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा