सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ६ । दिल्लिले मुंबइ सामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईपिएल २०१८ को ५५ औ खेलमा रोहित शर्माको मुंबई इंडियनको सामना दिल्लि डेयरडेभिल्सको टिमसँग भईरहेको छ । यो प्रतिस्पर्धामा कप्तान श्रेयस अथ्यरले टस जितेर पहिला ब्याटिङमा उत्रने निर्णय गरेका थिए ।
निर्धारीत २० ओभरको खेलमा दिल्लिले ५ विकेट गुमाउदै १७४ रन बनाएको हो ।
१२ रन बनाएपछि पृश्वी शा रन आउट भए र दिल्लिले पहिलो विकेट गुमाउन पुग्यो । यो पछिको अर्को ओभरमै बुमराहले ओपनर म्याक्सवेललाई २२ रनमा बोल्ड गर्दे दिल्लिलाई दोस्रो झट्का दिए । श्रेयस अथ्यर ६ रन बनाएर मार्कडेयको बलमा क्रुणाल पांडयको क्याचमा क्याच आउट भए । दमदार ब्याटिङ गरीरहेका ऋषभ पंत क्रुणाल पंडयाको शिकार बने उनलाई पोलाईले क्याच आउट गरे । पंतले ४४ बलमा ६४ रन बनाएर आफनो अर्धसतक पनि पुरा गरेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा