सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ६ । दिल्लिको फिरोजशाह कोटला स्टेडियममा खेलिने आईपिएलको ५५ औ खेलमा दिल्लि डेयरडेविल्सले टस जितेर मुंबई इंडियाका कप्तान रोहीत शर्मालाई पहिला बलिङको लागी बोलाएको छ । नेपालका युवा खेलाडी सन्दिप लामिछाने आवद्ध दिल्लिले यो पटक पनि लामिछानेलाई मौका दिएको छ । दिल्लिले सार्वजनिक गरेको टिम ११ मा उनी पनि परेका छन भने उनको यो आईपिएलमा तेस्रो म्याच हुनेछ । २ खेल खेलेका लामिछानेले ८ ओभरमा २ विकेट लिँदै ४६ रन मात्र बनाउन दिएका थिए ।
यो महत्वपुर्ण खेलको लागी दुबै टिममा एक–एक बदलाव गरीएको छ । दिल्लिले आवेश खानको ठाउँमा प्लंकेट लाई ल्याएको छ भने मुंबई इंडियंसमा मुस्ताफिजुर रहमानलाई पुनरागमन गरेको छ ।
मंबईको लागी यो म्याच एउटा तरिकाले सेमिफाइनल हो । यदि यसमा मुंबई चुक्यो भने प्लेअफको सपना लगभग समाप्त हुनेछ । यस्तो अवस्थामा मुंबईलाई यो खेल जित्नु पर्ने दबाब छ । मुंबईले यो म्याच जितेमा प्लेअफको लागी छनोट हुनेछ किनभने उसको रनरेट अरु दुई दावेदार टोलीभन्दा धेरै राम्रो छ । यता दिल्लि डेयरडेभिल्सको लागी यो खेलको जितले केही असर पर्नेछैन । दिल्लि यो भन्दा पहिला नै प्ले अफबाट बाहिर भईसकेको यो टिम आईपिएल २०१८ को आफनो अन्तिम म्याचमा होमग्राउण्डको अगाडी जीत्नको लागी पुरै बल लगाउनेछ ।
टिम ११ मा परेका खेलाडीहरु
दिल्ली डेयरडेविल्स: पृथ्वी शॉ, ग्लेन मैक्सवेल, श्रेयस अय्यर (कप्तान), रिषभ पंत, अभिषेक शर्मा, विजय शंकर, लियाम प्लंकेट, अमित मिश्रा, सन्दिप लामिछाने, ट्रेंट बोल्ट, हर्शल पटेल।
मुंबई इंडियंस: इविन लुईस, सूर्य़कुमार यादव, रोहित शर्मा( कप्तान), इशान किशन, हार्दिक पांड्या, कृणाल पांड्या, बेन कटिंग, किरोन पोलार्ड, मुस्ताफिजुर रहमान, जसप्रीत बुमराह, मयंक मार्कंडे।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा