सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
केराको बोक्रा फाल्ने गर्नुभएको छ भने अव नफाल्नुहोस् । केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्यूट्रिएट्स पाइने हुनाले यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ ।केराको बोक्रामा रहेको एन्जाइम्सले धेरै वस्तुको सफाईका लागि प्रयोग गर्न सकिन्छ ।
१. डार्क सर्कल हटाउन : आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ ।
२. पहेलोपन हटाउन : केराको बोक्राले पहेलो भएको दाँतमा घोट्नु होस्, दाँतको पहेलोपना हटेर जान्छ । दिनहुँ जसो यसो गर्नाले दाँतमा चमक आउँछ ।
३. जुत्ता चम्काउँन : केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ९चिम्किन्छ० ।
४. डन्डिफोर हटाउन : केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा दल्ने गरेमा डन्डिफोर हट्छ ।
५. विरुवा बढ्छ : केराको बोक्रालाई मलको रुपमा विरुवामा हालेमा चाँडै विरुवा बढ्छ ।
६. स्क्र्याच हट्छ : सिडि वा डिभिडि स्क्र्याच भएमा केराको छालाले सफा गर्नुहोस् ।
७. सजिलै सफा गर्न : चाँदीका गरगहना वा सामाग्रीलाई सफा गर्नका लागि केराको बोक्राले रगड्नुहोस्, सजिलै सफा र चम्किलो बनाउँछ ।
८. छिटो पाक्छ मासु : मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राख्नुहोस्, केहिबेरपछि निकाल्नुहोस् । मासुलाई चाँडै पकाउँन मद्दत गर्छ ।
९. कुर्कुचा फुटेको : = केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस् । यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ ।एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा