सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लिस्बोन, एएफपी । रुसमा हुन गईरहेको आउदो फिफा विश्वकपको लागी पोर्चुगलको २३ सदस्यीय टिम घोषणा गरेको छ जसमा स्ट्राइकर ईडेर र नानीको नाम गायव हुनुले सबैलाई चकित बनाएको छ ।
राष्ट्रिय टिमका कोच फर्नाडो सांतोसले युवा आंन्द्रे सिल्वा र गोंकालो ग्युडेसलाई सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग खेल्ने मौका दिएका छन् ।
ईडेर र नानीसँगै २०१६ युरोपीयन च्याम्पियनशिप जित्ने पोर्चुगल टिमको प्रमुख हिस्साको रुपमा चिनिएका आंद्रे गोमेजलाई पनि टिममा ठाउँ दिइएको छैन । साथै चोटिला मिडफिल्डर डानिलो परेरलाई पनि टिममा सहभागी गराइएको छैन ।
यो टिममा पाँच पटकका बेलेन डि ओर बिजेता ३३ बर्षिय रोनाल्डो र ३४ बर्षिय रिकार्डो क्युरेस्मा मात्र दुई यस्ता खेलाडी हुन जसको उमेर ३० भन्दा माथि छ । २०१६ को यूरोपीयन च्याम्पियनशिपका विजेता पोर्चुगल टिमका १० जना सदस्यलाई रुस विश्वकपमा खेल्ने मौका दिइएको छैन । यो टिममा धेरैभन्दा धेरै युवा खेलाडी छन् । २१ बर्षिय ग्यूडेसले भ्यालेन्सियाको तर्फबाट खेलेर प्रभावीत गरेका थिए ।
पोर्चुगललाई फिफा विश्वकपको लागी ग्र्रुप वि मा पुर्व च्याम्पियन स्पेन, मोरक्को र ईरानसँग राखिएको छ । पोर्चुगलले मैत्रीपुर्ण खेल ट्युनिशिया, बेल्जियम र अल्जेरीयासँग खेल्नेछ ।
आगामी रुस विश्वकपको लागी पोर्चुगलबाट छनोट भएका खेलाडीहरु
गोलकीपर – एंथनी लोपेज, बेटो, रुई पेट्रीसियो ।
डिफेंडर – ब्रूनो अलवेस, सेड्रिक सोरेस, जोस फोंट, मारियो रुई, पेप, राफेल ग्वेरेरो, रिकार्डो परेरा, रुबेन डायस ।
मिडफील्डर – एड्रियान सिल्वा, ब्रूनो फर्नांडीस, जोओ मारियो, जोआओ मौतिन्हो मैनुअल फर्नांडीस, विलियम कार्वाल्हो, बर्नार्डो सिल्वा ।
स्ट्राइकर – आंद्रे सिल्वा, क्रिस्टियानो रोनाल्डो, गेल्सन मार्टिन्स, गोंकालो ग्यूडेस, रिकार्डो क्यूरेस्मा।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा