सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा,जेठ ६ । कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मे १ ख २२८३ नम्बरको मातृ भाग्यरेखा बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय पुरुषको मृत्यु भएको हो। मृतकको नाम, थर र वतन नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा