सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ५ । क्युबाको हवानामा शुक्रबार क्युबाना एयरलाइन्सको बोइंग ७३७ विमान दुर्घटनाग्रस्त भएको छ । जसमा १०० जना भन्दा बढि मानिस मुत्यु भएको थियो । अधिकारी तथा क्युबाको मिडियाका अनुसार उक्त दुर्घटनाग्रस्त विमानको अवसेसबाट निकालिएको ३ जना धाइतेको अवस्था एकदम नाजुक रहेको बताइएको छ ।
पुर्वी क्युबामा होलगुइनको लागी उडान भर्ने गरेको उक्त विमान उडान भरेको केही समयमै विहान ११ बजे दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा १०५ जना सवार थिए जसमा पाँच बच्चा र नौ जना चालक दलका सदस्य थिए ।
क्यूबाना डि एविएश द्धारा सञ्चालीत बोइंग ७३७ अन्तराष्ट्रिय विमानस्थलभन्दा केही पर दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान पहिला दुर्घटन भएको र दुर्घटनाको केही समयमै आगो लागेर विमान पुरै नष्ट भएको हो । बारुणयन्त्र र अन्य सुरक्षाकर्मीहरु उक्त दुर्घटनाको उद्धार कार्यमा खटिएका छन् ।
समाचार एजेन्सिहरुको अनुसार उक्त विमानमा पाँच यात्री र एकजना चालक दलका सदस्य गरी ६ जना विदेशी रहेको बताइएको छ । राष्ट्रपति मिगुएल डायज–क्यानेलले भने उक्त दुर्घटनामा धेरै संख्यामा मानिसहरुको मुत्यु भएको भन्दै दुख ब्यक्त गरेका छन् ।
दुर्घटनाबाट मुत्यु हुनेहरुको पहिचानको कोशिष भईरहेको छ । दुर्घटना के कति कारणले भयो भनेकुरा अहिलेसम्म पत्ता लागेको छैन ।
फोटो: रायटस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा