सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, जेठ ४ । गृहमन्त्रालयको जारी निर्देशन अनुसार कास्कीमा सडक मर्मतमा ढिलाइ गर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ । पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गर्ने निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलाई आज प्रहरीले पक्राउ गरेको हो ।
बस्नेतले आर्थिक वर्ष ०७३,७४ को जेठमा असारभित्रै सक्ने गरी सम्झौता गरेका थिए । तर समयमै सक्न सम्भव नभएको भन्दै गत आर्थिक वर्षको चैत सम्मका लागि सम्झौता थप गरिएको थियो ।
चैत्रमै सक्नुपर्ने काम भएपनि हाल हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको सडक ढिभिजन कार्यालय पोखराले जनाएको छ । गिटी छरेर सडक निर्माणमा ढिलाइ गरेपछि धुलो र दुर्घटना बढेको भन्दै स्थानीयले विरोध गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा