सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३ । नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खुसियाली मनाउँदै दीपावली गरेका छन् ।
राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भइरहेको छ। उता, प्रधानमन्त्री निवास बालुवाटारमा एकताको खुसियालीमा रात्रिभोज आयोजना गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सवसमेत मनाएका छन् । पुनर्गठित केन्द्रीय कमिटीको पहिलो बैठक चाँडै बस्ने बुझिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा