सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेठ ३। पत्रकार रुपेशचन्द्र खनालको ३२ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । उच्च रक्तचाप, मधुमेहलगायतको समस्याका कारण चितवन मेडिकल कलेजमा उपचाररत खनालको उपचारकै क्रममा निधन भएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाका साधारण सदस्य र नेपाल प्रेस युनियन चितवनका केन्द्रीय पार्षद् खनालले भरतपुरको हाम्रो एफएम र कावासोतीको मध्यबिन्दु एफएममा समाचार शाखामा रहेर काम गरेका थिए ।
पछिल्लो समय राजनीतिक क्षेत्रमा क्रियाशील खनाल नेपाली काँग्रेस चितवनको क्षेत्रीय प्रतिनिधि र नेपाल विद्यार्थी संघ चितवनको उपाध्यक्षका रुपमा काम गर्दै आएका थिए । खनालको आज देवघाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।
खनालको निधनप्रति नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा र नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले दुःख प्रकट गरेका छन् । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा