सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फुटबल दुनियामा पुरुष फुटबल खेलाडीहरुको तुलनामा महिला खेलाडीहरुले त्यती ख्याती पाएका छैनन । यहि कारणले फुटबल फ्यानहरु रोनाल्डो र मेसीको खेल र लाइफस्टाइलसँग सबैजना परिचित नै छन तर ती उत्कृष्ट महिला खेलाडीहरु त्यति परिचित छैन ।
एलेक्स मोर्गन, अमेरीका
अमेरीकाको सेन्टर फरवार्ड एलेक्स मोर्गन फुटबलको स्टार खेलाडी हुन । एलेक्स २०१२ ओलम्पिकको गोल्ड मेडल विजेता अमेरीकी टिमको हिस्सा बनेकी थिइन । यसको अतिरिक्त उनले अमेरीकाको फिफा महिला विश्व कप २०१५ जिताउन अहम भुमिका निभाएकी थिइन । राष्ट्रिय महिला फुटबल लिग आयरल्याण्ड प्राइडको लागी खेल्ने एलेक्सको बार्षिक कमाई ६ लाख डलर रहेको छ ।
मार्टा विइरा दा सिल्वा, ब्राजिल
मार्टा विइरा दा सिल्वा विश्वको सर्वोत्कृष्ट सेन्टर फरवार्ड महिला फुटबलर मध्ये एक हुन । मार्टा ब्राजीलको तर्फबाट १०२ म्याचमा शानदार १०१ गोल हानी सकेकी छिन् । फिफा विश्व कप मा सबैभनदा धेरै १५ गोल हान्ने मार्टा हरेक बर्ष ६ लाख डलरको कमाई गर्छिन ।
अमेन्डिन हेनरी, फ्रान्स
फ्रान्सको उत्कृष्ट महिला फुटबलर मध्येको एक अमेन्डिन हेनरी बर्तमान मा पोर्टल्याण्ड थोर्न एफसीको तर्फबाट अमेरीकी फुटबल लिगबाट खेल्छिन् । यदि पछिल्लो रिपोर्टलाई मान्ने हो भने डिफेंसिव मिडफिल्डर अमेन्डिन हरेक बर्ष ५ लाख डलर कमाउछिन् ।
जोडि टेलर, इङ्गल्याण्ड
इङ्गल्याण्ड फुटबल टिमको अभिन्न अंग जोडि टेलरले पोर्टल्याण्ड एफसी छोडे पश्चात सिएटल रिगन एफसीको हात थामेकी थिइन । जोडिले २००७ मा युरो कपमा ४ म्याचमा ५ गोल गर्दे गोल्डेन शु अवार्ड समेत जीतेकी थिइन । जोडी हरेक साता ५ हजार डलर कमाउछिन । यदि बार्षिक कमाईको कुरा गर्ने हो भने ४ लाख २० हजार भन्दा बढिको कमाइ उनको छ ।
कार्ली लयड, अमेरीका
अहिलेको सबैभन्दा लोकप्रिय फुटबल खेलाडी मध्येको एक कार्ली लयडले म्यानचेष्टर सिटिका लागी ६ म्याचमा २ गोल गरिसकेकी छिन् । अमेरीकी टिमको कप्तान कार्लीको बार्षिक कमाई करिब ४ लाख डलर रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा