सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेइजिङ । चीनीया सेनाको उच्च जनरल चाई यिंगटिंगलाई डिमोशन गरेर बटालियन कमाण्डर बनाइएको छ । उनी सेनामा दोस्रो स्थानको अधिकारी थिए । भ्रष्टचारसँग जोडिएका बरिष्ट कमाण्डरसँग उनको कथित सम्बन्ध र एक फ्रान्सेलीसँग छोरीको विवाहलाई उनको डिमोशनको कारण बताइएको छ ।
हङकङको साउथ चाइना मर्निङ पोष्ट अखबार अनुसार, ६४ बर्षिय चाईलाई सेनामा प्रमुख पदबाट हटाएर आठ स्थान मुनीका बटालियन प्रमुख बनाइएको छ । उनी सैन्य विज्ञान एकेडमीका अध्यक्ष बनिसकेका छन् । केन्द्रिय सैन्य आयोग (सीएमसी) ले शिर्ष स्तरमा भएको यो फेरबदलको बिषयमा कुनै पनि घोषणा गरेका छैनन्, तर चाईको डिमोशनको खबर आइतबार सेनामा फैलिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा