सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १ । नेपालका लेग स्पिनर सन्दिप लामिछाने टि–ट्वान्टी अन्तराष्ट्रिय म्याचमा आईसिसि विश्व ११ टोलीमा परेका छन् ।
३१ मे मा लर्डस स्टेडियममा वेस्ट ईन्डिज विरुद्ध हुन गईरहेको उक्त म्याचका लागी उनी छनोट भएका हुन् । क्यारिबियनको क्रिकेट मैदानलाई पुन निर्माणको लागी उक्त म्याच हुन गईरहेको हो जुन मैदान हावहुरीले गएको बर्ष क्षत विक्षत पारेको थियो ।
उक्त ११ को कप्तानी भने इओन मोरगानले सम्हाल्नेछन् भने टोलीमा शाहीद अफ्रिडि, तामिम एकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल एमसिक्लेघान, स्वयव मलिक, हार्दिक पाडेय, थिसरा पिरेरा र लुकी रोन्ची विरुद्ध आईसीसी वल्र्ड च्याम्पियन साइड छन् ।
वेस्ट ईन्डिजको तर्फबाट स्याम्युल ब्याडरि, कारलोस ब्रथवाइट, क्रिस गेल, इभिन लुईस मारलोन स्याम्युल र आन्द्रे रसल आदिले खेल्नेछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा