सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख ३१ । के. एल. दुगड गु्रप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले धुनिवेशी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयहरुका सम्पूर्ण बिद्यार्थीहरुलाई सहयोग स्वरुप विविध शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
धुनिवेशी नगरपालिकामा शिक्षाको महत्व दर्शाउन र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने मनसायका साथ शैक्षिक सामाग्रीहरु वितरण गरेको कम्पनिले जनाएको छ ।
कम्पनिले गुणस्तरीय शिक्षा हरेक बालबालिकाको नैसर्गिक अधिकार भएतापनि विविध समस्याका कारण वर्षेनी सयौ बालबालिकाहरुले वीचमै अध्ययन छोड्नु पर्ने हाम्रो देशको वाध्यत्मक परिस्थितिलाई केही हदसम्म समाधान गर्ने र अभिभावकहरुमा जनचेतना पैmलाउने उद्देश्यका साथ विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरेको बताएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यूनाइटेड सिमेन्ट्सले विगतका दिनहरुमा पनि सामाजिक कार्यहरु गर्दै आइरहेको छ । गत वर्ष पनि कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो भने आगामी दिनहरुमा पनि यस्तै विभिन्न सामाजिक कार्यहरु गर्ने प्रतिबद्घता जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा