सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ३१ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रामा ब्रेक लागेको छ ।
ला लिगा अन्तर्गत सोमबार भएको खेलमा लेभान्टेसँग ५–४ ले पराजित भएसँगै सिजनभरि अपराजित रहने बार्सिलोनाको सपना समाप्त भएको छ ।
घरेलु मैदानमा भएको खेलमा अपराजित यात्रालाई समाप्त पार्न लेभान्टेको लागी ईमानुएल बोटिङले ह्याट्रिक गरे भने इनिस बार्धीले २ गोल गरे का थिए ।
बार्सिलोनाका लागि भने फिलिप कोटिन्होको ह्याट्रिक तथा लुइस स्वारेजको एक गोल गरेका थिए।
लेभान्टेको लागी बोयटिङले खेलको ९, ३० र ३९ औँ मिनेटमा गोल गरे । यस्तै, बार्धिले ४६ र ५६ औं मिनेटमा गोल गरे । भने बार्सिलोनाको लागी कोटिन्होले ३८, ५९ र ६४ मिनेटमा गोल गरेका भने ७१ औं मिनेटमा पाएको पेनाल्टिलाई लुइस स्वारेजले गोलमा परिणत गरेका थिए ।
स्पेनिस ला लिगाको अर्को खेलमा ईस्पानियोलले मालागालाई ४(१ ले हराँउदा रियाल मड्रिडले सेल्टा भिगोलाई ६(० ले पराजित गरेको छ ।
ला लिगामा एक खेल मात्रै बाँकी छँदा च्याम्पियन बार्सीलोनाको ९० अंक पुगेको छ ।
७८ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने ७५ अंकको साथ रियाल मड्रिड तेस्रो स्थानमा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा