सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, बैशाख ३० । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा सुख्खा पहिरो गएको छ ।
रसुवागढी नाका जोड्ने धुन्चे स्याफ्रुबेँशी टिमुरे सडकखण्ड अन्तर्गत स्याफ्रुबेँशीमा सुख्खा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोको कारण आइतबार दिउँसोदेखि सडक अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।
सडक खुलाउनका लागि स्काभेटर ल्याएर काम सुरु भएको छ । सडक खुलाउन ढिलोमा पाँच घण्टा लाग्ने अनुमान गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा