सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, बैशाख ३०। गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश नं ४ स्तरीय सुरक्षासम्बन्धी गोष्ठीको शुभारम्भ गरेका छन् । देश र प्रदेशका जिल्लाको सुरक्षा अवस्था र भावी दिनमा अपनाउनुपर्ने रणनीति, जिल्लाका सुरक्षा चुनौती, समीक्षा र भावी योजना एवं रणनीति तयार गर्ने गोष्ठीको उद्देश्य रहेको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार गोष्ठीमा व्यवसायमा एकाधिकारको अवस्था, सुशासनका लागि गर्नुपर्ने कार्य तथा सुरक्षासम्बन्धी सम्बन्धमा छलफल हुनेछ ।
गोष्ठीमा प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री, गृह मन्त्रालयका सचिव, प्रदेश नं ४ का प्रमुख सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका पृतनापतिलगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा प्रदेश नं ४ का ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखसहित ८० जना सहभागी छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा