सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धरान, बैशाख २९ । गाडीले सुनसरीको धरानबाट पहाडका लागि पत्रिका बोक्न छाडेका छन्। सरकारले सिन्डिकेट खारेज गरेको समाचार लगातार लेखेको भन्दै यातायात व्यवसायीले धरानबाट पहाडी जिल्ला पठाइँदै आएका पत्रिका बोक्न रोक लगाएका छन्। यो खबर आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ ।
कोसी बस व्यवसायी संघ, पूर्वाञ्चल यातायात संघ, संयुक्त बस व्यवसायी संघ र सप्तकोसी बस व्यवसायी संघको निर्देशनमा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका विभिन्न स्थान जाने पत्रिका बोक्न रोक लगाएको जनाइएको छ।
सिन्डिकेटविरुद्ध लगातार समाचार प्रकाशन गरी यातायात व्यवसायीको बदनाम गराएको भन्दै यी संघका पदाधिकारीले शुक्रबारदेखि पत्रिका बोक्न रोक लगाएका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा