सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २७ । भारतले १०० करोड अर्थात (१ अर्ब) भारतीय रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । मोदीले प्रदेश नं २ को राजधानी जनकपुर आसपासको क्षेत्रको विकासका लागि १ अर्ब भारतीय रकम सहयोग गर्ने बताएका छन्।
नेपालको २ दिने राजकिय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै जनकपुर र समग्र मिथिलाञ्चलको विकासका लागि सहयोग प्रदान गरिने घोषणा गरेका हुन् ।
उक्त अवसरमा उनले तेल ट्रकद्धारा नल्याएर पाइपलाइनबाट पठाउनको लागी मोतीहारी र अमलेखगञ्जमा पाइपलाइनको काम पनि शुरु गरीसकेको जानकारी दिए ।
उनले अगाडि भने “भारतमा स्वदेश दर्शन नामको योजना चालइरहेको जसको मद्यतबाट हामी हाम्रो ऐतिहासिक धरोहर र आस्थाको स्थानमा आपसमा जोड्नको लागी रामायण सर्किटमा हामी सबै स्थानलाई जोडिरहेका छौ जहाँ जहाँ भगवान राम र माता जानकीको पाइला परेको छ” ।
“हामी यस कडिमा नेपाललाई पनि जोड्ने दिशामा अगाडि बढिरहेका छौ । यहाँ जहाँ जहाँ रामायणको निशान छ तिनिहरुलाई भारतको वाँकी भागसँग जोडेर श्रद्धालुहरुलाई सस्तो र आकर्षक यात्राको आनन्द मिलोस र धेरैमात्रामा आउन र यहाँको टुरिजमको विकास होस्” उनले भने।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा