सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर, बैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । उनी नयाँ दिल्लीबाट बिहार हुँदै जनकपुरमा अवतरण गरेका छन् ।
मोदीलाई रक्षामन्त्री इश्वर पोखरले र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । जानकी मन्दिरमा मोदीले पूजा गर्नुका साथै प्रधानमन्त्री ओलीसँग संयुक्तरुपमा रामायण सर्किटको शुभारम्भ गर्नेछन् ।
उनको भ्रमणलाई मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीको कार्यक्रममा सहभागी हुन हजारौ सर्वसाधारण भेला भएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा