सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,बैशाख २७। विहीबार प्रतिनिधिसभाको बैठक बोल्दै पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पणर्टीका संयोजक डा. बाबुराम भट्टराईले भौतिक पूर्वाधार र सामाजिक पूर्वाधारका विषयलाई प्राथमिकता दिन सुझाव दिनुभएको हो । पूर्व पश्चिम सडक, रेल मार्ग, जल मार्ग, हवाई मार्गलगायत विकासका पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
सामाजिक पूर्वाधार बिना औद्योगिक अर्थतन्त्र नबन्ने भन्दै उहाँले शिक्षामा क्रान्ति ल्याउन, अहिलेको शिक्षा प्रणालीलाई परिर्वतन गरेर प्राविधिक बनाउन र सबै प्रदेशमा विशेष आर्थिक क्षेत्र घोषणा गर्न माग गर्नुभएको थियो । उहाँले कृषिको आधुनिकीकरणका लागि सिंचाईको उपयुक्त व्यवस्था गरि वैज्ञानिक बाली प्रणाली अपनाउनुपर्ने पनि बताउनु भयो ।
उहाँले अनुत्पादक क्षेत्रको लगानी घटाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले वैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई सशक्त र कामकाजी बनाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा