सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजविराज, वैशाख २५ । सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ ।
मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७, भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ ।
शिक्षक कुट्नेलाई कारबाही माग : नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको छ ।
तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ ।
कोइराला हनुमानगर–कंकालनी नगरपालिका–१ स्थित बीपी माविमा १५ वर्षदेखि अध्यापनरत् छन् । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा