सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पेरिस सेन्ट जर्मेन (पिएसजी) का मिड फिल्डर मार्को वेरातीका अनुसार आउने ३–४ बर्षमा उनको साथी तथा टिमका स्ट्राइकर नेयमार विश्वको सर्वश्रेष्ठ खेलाडी बन्न सक्दछन् । साथै वेरातीका अनुसार चोटको समस्याबाट गुज्रिरहेका नेयमार बैलन डि ओर अवार्डमा २००८ देखि चलिआएको लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले बनाएको रेकर्डको दबदबालाई समाप्त गर्न सक्छन् ।
उनले अहिले क्रिस्टियानो रोनाल्डो र मेसीको समय चलिरहेको तर नेयमार यि दुबै भन्दा ५ बर्ष कान्छा छन् र उनी विश्वको उत्कृष्ठ तथा सर्वश्रेष्ठ खेलाडी बन्नको लागी तयार छन् । नेयमार आउने बर्षहरुमा बैलन डि और जित्ने प्रवल सम्भावना छ । नेयमार ति सबै गुणहरु छन् जसबाट उनी विश्वको सर्वश्रेष्ठ खेलाडी बन्न सक्छन् र अवार्ड पनि जित्न सक्छन् ।
साथै उनले भनेका छन कि “हामी धेरै भाग्यमानि छौ कि नेयमार पिएसजीको साथमा छन र हामीहरुलाई उनीसँग अभ्यास गर्ने मौका मिलेको छ, नेयमार विश्वको सर्वश्रेष्ठ खेलाडी हुन, तर पीएसजी कुनै एक खेलाडीमा मात्र निर्भर छैन “।
नेयमार डा सिल्भा संटोस जुनियर को जन्म ब्राजिलमा भएको हो । आफ्ना फुटबल टिमका खेलाडी तथा दर्शकदीर्घा माझ उनी नेयमारको नामले चिनिन्छन् । उनि ब्राजिलबाट खेल्छन ।
व्यावसायिक रुपमा हाल उनी स्पेनिस क्लब बार्सिलोना फुटबल क्लबबाट विश्व किर्तिमानी रकम २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको लागी फ्रान्सेली क्लब पियसजीमा आबद्ध भएका छन्। नेयमारले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाछन् ।
उनि फुटबल खेल मैदानमा फरवार्ड, बिंगरबाट खेल्ने गर्छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा