सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २४। बलिउड अभिनेत्री करिष्मा कपूर दरबारमार्गमा म्यारीगोल्ड ज्वेलर्सको नयाँ शोरुम उद्घाटनका लागि नेपाल आएकी छिन् ।
सोमबार बिहान उनले दरबारमार्गमा म्यारीगोल्डको नयाँ शोरुमको उद्घाटन कायक्रममा सहभागिता जनाइन् । करिष्माले यो कार्यक्रममा आउनको लागि २६ लाख पारिश्रमिक लिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै उनले सगरमाथाको देश नेपालमा आउन पाउँदा आफू निकै नै खुशी भएको बताइन् । उनले आफू यसअघि १५ वर्ष अगाडि काठमाडौं आएको बताइन् । उनले अब भने आफूलाई फेरि नेपाल आउने अवसर पाइराख्ने आशा लागेको बताइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा