सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, बैशाख २४ । वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भैरवस्थानस्थित प्रतीक होटलबाट आज प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रतीक होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएका प्रहरी टोलीले सो होटलमा खानतलासी गरेको थियो । आज बिहान खानतलासका क्रममा नगद रु ४९ हजार, तीन गड्डी तास, चार मोबाइल सेट र होटल सञ्चालकसहित चार जना जुवा खेलिरहेको अवस्थामा भेटिँदा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जुवाको खालबाट प्रहरी हिरासतमा पुगेका उनीहरुको अनुसन्धान भइरहेको जनाइएको छ । यसैगरी जुवातास खेलिरहेको भन्ने विशेष सूचनाअनुसार प्रहरीले आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित एक घरमा छापा मारेको थियो ।
सो घरमा पनि जुवा खेलिरहेका घरधनी ५९ वर्षीय कालीप्रसाद शाक्य, अर्का एक ५५ वर्षीय दानबहादुर गुरुङ र नाम नखुलेको एक जनालाई नगद रु ३४ हजार ५०० सहित जुवा खालबाट पक्राउ गरेको थियो । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा