सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशख २३ । ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सिले नायक प्रदिप खड्कालाई आफ्ना ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
स्थापनाको १२ बर्ष पुगेको अवसरमा आइतबार काठमाण्डौको होटल र्याडिशनमा भएको एक कार्यक्रममा ब्राडफोर्ड र नायक खडका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा ब्राडफोर्डको तर्फबाट प्रबन्ध निर्देशक पवन विष्ट र खड्काले हस्ताक्षर गरेका हुन् ।
उप्रान्त ब्राडफोर्डको प्रर्बधन अभियान तथा प्रचारमा नायक खड्का सामेल हुनेछन् । उनले एक बर्षसम्म ब्राण्ड एम्बेसडरको रुपमा काम गर्नेछन् ।
ब्राडफोर्डका प्रवन्ध निर्देशक विष्टले युवा नायकको सहभागिताबाट आफ्ना ब्राण्डको बजार प्रर्बधनमा ठूलो सघाउ पुग्नुका साथै ब्राण्ड प्रतिको भरोसा जनमानसमा अझ बड्ने विश्वास ब्यक्त गरे ।
ब्राण्ड एम्बेसडरमा हस्ताक्षर पश्चात खड्काले विद्यार्थीहरुलाई राम्रो गाईडलाइनको अभावमा सहि कलेज तथा देश छनोट गर्न नसक्दा करियरलाई कता लाने भन्नेमा अलमल भएकोमा ब्राडफोर्डले विद्यार्थीहरुलाई सहि मार्ग निर्देशन दिने विश्वास ब्यक्त गरे । उनले विद्यार्थीहरुले शिक्षा तथा काममा दक्षता हासिल प्राप्त गरीसके पश्चात नेपालमै फर्काउनको लागी पनि कदमहरु चाल्नु पर्ने आवश्यकता औलाए ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व युवा तथा खेलकुद मन्त्रि राजेन्द्र कुमार केसीले युवाहरुले विदेशमा आफनो उच्च शिक्षा हासिल गरीसकेपछि नेपालमै फर्काउन र नेपालको विकासमा लगाउनु पर्नेमा जोड दिए । शिक्षा विनाको विकास सम्भव नभएकाले सरकारले पनि शिक्षाको बजेट बद्धि गनु पर्ने धारणा ब्यक्त गरे ।
काठमाण्डौको नयाँ बानेश्वरमा कार्यालय रहेको ब्राडफोर्डको हाल अमेरीकाको क्यालीफोर्निया र अष्ट्रेलियाको सिड्निमा समेत कार्यालय रहेको छ भने अष्ट्रेलिया, अमेरीका, क्यानडा, न्युजिल्याण्ड लगायतको देशहरुमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरुलाई सल्लाह, सुझाव तथा प्रक्रियाहरुको बिषयमा उचित काउन्सिलिङ गर्दे आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा