सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं बैशाख २३ । नेपाल यातायात क्षेत्रमा रहेकोे सबै खालका सिण्डिकेट अन्त्य गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको सबै खालका सिण्डिकेट अन्त्य गर्ने दृढता व्यक्त गरेका हुन्। प्रधानमन्त्रीले आज आइतबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सिण्डिकेट कतै पनि स्वीकार्य नहुने प्रष्ट पारेको छ।
लोकतन्त्रमा नेता बलियो हुँदा कोही डराउन पर्दै भन्दै जनताको समर्थनमा मात्र नेता बलियो हुने प्रधानमन्त्री ओलीले बताए । लोकतन्त्रमा व्यक्ति नभइ प्रणाली बलियो बनाउने मिसन भएको प्रधानमन्त्रीले प्रस्ट पारेको छ ।
अब ५ वर्षसम्म अर्को चुनाव नहुने र स्थिर सरकार भएकाले विपक्षलाई प्रहार गर्ने वा असहिष्णु बन्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्रीले बताएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा