सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २३ । आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालको दोस्रो तलाको ‘होप’ वार्डको एउटा कोठामा सोफाअगाडी खुट्टा फैलाएर बस्न सहज हुनेगरी साना टेबुल राखिएका छन । यो खबर आजको नागरिक दैनिकले छापेको छ ।
अगाडी उपचार सहायताका विभिन्न उपकरण तयारी अवस्थामा छन । वरिष्ठ स्नायू विशेषज्ञ डा. उपेन्द्र देवकोटासँगै सोफामा लहरै बसेका छन्, पत्नी डा. मधु, छोरीहरु मेघा, बसुधा र मन्जरी ।
बेलायतमा आफ्नो उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै विताउने अठोटसहित फर्किएका डा. उपेन्द्र देवकोटालाई भेट्न अस्पतालमा दिनहुँ आफन्त र शुभेच्छुकको भीड लाग्ने गरेको छ ।
उनी अस्पतालको सोही वार्डमा बसेर आफन्त र चिकित्सा सेवामार्फत आफूले जीवन दिलाएकाहरुसँग पीडा भूल्दै आत्मविश्वास बटुलिरहेका छन् ।
शुभेच्छुकसँग नातासम्बन्धदेखि उनीहरुसँग जोडिएका घटना कोट्याउन भूल्दैनन् डा देवकोटा । शुभेच्छुकहरुको सदासयताले उनलाई आफ्नो जीवनमा कुनै चमत्कार(मिराकल) हुने आशाको दियो निभ्न दिएको छैन् ।
६ महिनासम्म उपचार गरी अघिल्लो शनिबार बेलायतबाट स्वदेश फर्किएपछि डा. देवकोटाको दैनिकी यसरी नै बित्दै आएको छ ।
यस्तो दैनिकीमा शनिबार उनका अगाडी एउटा विशेष पात्रको प्रवेश भयो । तीन पात्र हुन गोरखा पालुङटारकी १३ बर्षीया बालिका राधिका बस्नेत ।
राधिका देखेपछि डा. केहीबेर टोलाए । उपचारका लागि बेलायत जानुअघि उनले गत मंसिर १ गते राधिकाको ब्रेन ट्यूमरको शल्यक्रिया गरेका थिए ।
उनी त्यसपछि शल्यक्रिया छिरेका छैनन् । ‘अब म सायद विरामीको सेवामा फर्किन पाउने छैन’ डा देवकोटाले यसअघि नै भनिसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा