सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख २२ । ३३ किलो सुन प्रकरणमा फरार रहेका प्रहरी हवल्दार अम्बर बहादुर थापा मगरलाई पक्राउ गरेको छ।
एसएसपी श्यामबहादुर खत्रीका बडी गार्ड रहेका थापाले विमानस्थलबाट तस्करले सुन भित्र्याउँदा छेउबाट स्कर्टिङ गर्ने गरेको प्रतिवादी विष्णु बहादुर खड्काको बयानमा उल्लेख छ।
३६ वर्षीय प्रहरी हवल्दार मगरलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो।
उनलाई आइतबार जिल्ला अदालत मोरङमा उपस्थित गराइनेछ।
साढे ३३ किलो सुन प्रकरणमा मोरङ प्रहरीले विभिन्न चारवटा अपराधमा ६३ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ। घटनामा संलग्न मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित ३३ जना अझै फरार छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा