सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख २१ । २ दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको सैनिक मञ्च टुडिखेलमा ‘गार्ड अफ अनर’ दिइने भएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मोदीलाई वैशाख २८ गते ‘गार्ड अफ अनर’ दिइने जनाएको हो ।
सैनिक मञ्च टुडिखेलमा ‘गार्ड अफ अनर’ पाउने उनी दोस्रो विदेशी सरकार प्रमुख हुन् यसअधि फागुन २१ मा दुई दिने नेपाल भ्रमणको लागी नोपल आएका पाकिस्तानी प्रधानमन्त्री सहिद खकान अब्बासीलाई ‘गार्ड अफ अनर’ को सम्मान दिइएको थियो। यसअघि त्रिभुवन विमानस्थलमा ‘गार्ड अफ अनर’ ले सम्मान गर्ने प्रचलन रहेको थियो। प्रधानमन्त्री ओलीले टुँडिखेलमा विदेशी सरकार प्रमुखलाई ‘गार्ड अफ अनर’ ले सम्मान गर्ने प्रचलन सुरु गरेका हुन्।
भारतीय प्रधानमन्त्रि मोदी २८ गते दुई दिने भ्रमणका लागि नेपाल आउनेछन भने उनलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन समेत गरिने परराष्ट्रले जनाइएको छ।
मोदीले नेपाल भ्रमणको क्रममा सम्मानिय राष्ट्रपति विद्यादेवी भण्डारी र उप–राष्ट्रपति नन्द वहादुर पुनसँग पनि शिष्टाचार भेट गर्नेछन् ।
त्यही दिन साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओली र मोदीले रिमोटमार्फत् ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजनाको संयुक्त रुपमा शिलान्यास गर्ने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय इन्डियन फोर्सको हेलिकोप्टरबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख२८ गते बाह्रबिघा मैदानमा अवतरण गर्नेछन्। मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउने पुर्वनिर्धारित कार्यक्रम रहेको छ । उनले त्यहाँ नागरीक अभिनन्दन खानुको साथै जनकपुरको राम जानकी मन्दिर र मुीक्तनाथको समेत दर्शन गर्ने परराष्ट्र मन्त्रालयले जनाएका छन् ।
मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी ओली जनकपुर जाने भएका छन् । प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गर्ने र सँगै जानकी मन्दिरमा पूजा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा