सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख २१ । नेपाली कांग्रेसका सभापति देउवाले उपसभापति सहित ३ पदाधिकारी नियुक्त गरेका छन।
पार्टीसभापति शेरबहादुर देउवाले शुक्रबार भएको निर्वाचित केन्द्रीय समिति सदस्यहरुको बैठकमा देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा डाक्टर प्रकाशशरण महतलाई मनोनित गर्नुभएको हो । यी सबै देउवा निकट हुन्।
रिक्त पदाधिकारी मनोनयन बारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा सभापति शेरबहादुर देउवाले मनोनित पदाधिकारीको नाम पेस गरे लगत्तै देउवाले एकलौटी रुपमा पदाधिकारी मनोनयन गरेको भन्दै रामचन्द्र पौडेल पक्षका नेताले बैठक वहिष्कार गरेका थिए ।
कांग्रेसको विधानमा महाधिवेशन भएको दुई महिनामा पदाधिकारी मनोनयन गर्नुपर्ने प्रावधान भएतापनि देउवाले दुई वर्षसम्म पनि नगरी २६ महिनामा पदाधिकारी मनोनयन गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा