सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख २१ । अष्ट्रेलियाको कमनवेल्थ बैकले करीब २ करोड मानिसहरुको बैक रेकर्ड हराएको कुरालाई स्विकार गरेको छ । बीबीसीको रिपोर्ट अनुसार, डाटामा खातावालाहरुको नाम, खाता संख्या, ठेगाना तथा अन्य आवश्यक विवरणहरु थियो, जसलाई दुईवटा म्यागनेटिक टेपमा संग्रहीत गरीएको थियो, जसलाई एउटा नायव ठेकेदारले २०१६ मा नष्ट गरेको थियो ।
टेपलाई वास्तविक रुपमै नष्ट गरीएको तथा खातासँग जोडिएका प्रमाणहरु नभेटिदासम्म पनि बैकले ग्राहकहरुसँग डाटाको दुरुपयोग गरिएको भनेको छैन ।
यो अष्ट्रेलियाको सबैभन्दा ठुलो ऋणदाता बैकको नवीनतम घोटला हो ।
अष्ट्रेलिया स्टक एक्सचेन्जमा दिइएको आफनो बयानमा बैकले १५ बर्षको डाटावाला टेपलाई पुरै नष्ट गरेको कुरालाई भने स्विकार गर्न सकेको छैन । तर भनिएको छ कि अकाउन्टिङ फर्म केपीएमजीद्धारा टेपलाई निवारणको सबैभन्दा सम्भावित परिस्थितिलाई निर्धारण गर्नको लागी एउटा स्वतन्त्र फोरेसिक जाँच गरीएको थियो जसबाट पनि डाटाहरु पत्ता लगाउन सकिएन ।
यसमा भनिएको थियो कि टेपमा पासवर्ड, पिन वा अन्य डाटा केही पनि थिएन जसको कारण खाताबाट जालसाजि पुर्ण तरिकाले प्रयोग गर्न सकिने थियो । कमनवेल्थ बैकको रिटेल बैकिङका प्रमुख कार्यकारी एंगस सुलिवान ले यो घटनालाई अस्विकार गर्दे यो घटनाले उपभोक्तामा पर्न गएको असुविधाको लागी माफी समेत मागेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा