सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २१ । मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटै गिरोहले पाँच वर्षभित्र तीन हजार ७९९ किलोभन्दा बढी सुन तस्करी गरेको रहस्योद्घाटन भएको छ। यो खबर आजको अन्नपुर्णपोष्ट दैनिकले छापेको छ ।
३३ किलो सुन गायब र सनम शाक्य हत्याप्रकरणको छानबिन गर्न गठित समितिले विमानस्थलबाट हुने सुन तस्करीको जालोबारे सोधखोज गर्दा पाँच वर्षमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४३१ रुपैयाँको सुन अवैध रूपमा ओसारपसार भएको हो।
प्राप्त जानकारीअनुसार सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोगपत्रमा सुनका मालिक मनिने चूडामणि उप्रेती ‘गोरे’ र उनका सहयोगीले पाँच वर्षमा ४२१ पटक सुन तस्करी गरेको उल्लेख छ।
आरोपपत्रअनुसार पाँच वार्षमा तीन हजार ७९९ किलो ५९ ग्राम सुन (नेपाली मूल्य १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४३१ रुपैयाँ) तस्करीका लागि त्रिभुवन विमानस्थल प्रयोग भएको छ।
गोरेको नेतृत्वमा प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डीएसपी सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, होटल व्यवसायी भुजुङ गुरुङ, टेकराज मल्ल, मोहन काफ्ले, मोहम्मद उस्तम मियाँ, लाक्पा शेर्पा, छिरिङ वाङ्गेल घले, कपिलराज पुरी लगायत ६० जनाले तस्करी सफल बनाएका थिए।
गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरुलाई दुई करोड २० लाख ७७ हजार बाँडेको तथ्य फेला परेको छ। गोरेले हिसाब गरेको रेकर्ड फाईलमा हाल थुनामा रहेका पूर्व डीआइजी निरौलालाई १७ लाख, एसएसपी खत्रीलाई एक करोड १२ लाख ९२ हजार, एसपी खनाललाई पाँच लाख, डिएसपी राउतलाई १५ लाख, जवान खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार बाँडेको उल्लेख छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा