सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख १९ । सेन्टमेरिज विद्यालयमा अध्ययनरत छात्रा ज्वाला ढकालले आफूले निर्माण गरेका ११० वटा चित्र बिक्री गरी आउने करिब रु १० लाख सामाजिक कार्यमा खर्च गर्ने भएकी छन् ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ढकालले यही वैशाख २२ देखि २८ गतेसम्म नेपाल कला परिषद्मा एकल चित्रकला प्रर्दशनी गर्ने जानकारी दिँदै त्यसबाट संकलित रकम ‘प्रयास नेपाल’ नामक अनाथालयमा रहेका बालबालिकाका लागि ‘कम्प्युटर ल्याब’ स्थापना गर्न सहयोग गर्ने बताइन् ।
उनका अनुसार उक्त आश्रममा हाल ३२ जना बालबालिकाले आश्रय लिइरहेका छन् । प्रदर्शनीमा राखिने चित्रहरु समाज र प्रकृतिका हुने छन् ।
आफ्नो प्रर्दशनीलाई सफल बनाउन सहयोगी हातहरु अघि बढाउन सबैसँग आग्रह गर्दै उनले भनिन् – ‘‘म पहिलो पटक एकल चित्रकला प्रदर्शनी गर्दैछु । प्रदर्शनीबाट संकलित रकम अनाथ बालबालिकाको लागि खर्चिनेछु । त्यसबाट बालबालिकाको जीवनमा ठूलो परिवर्तन आउन सक्छ भन्ने कुरामा म विश्वस्त छु ।”
स्थायी घर झापाको धरमपुर रहेका ढकालले हालै एसइई परीक्षा दिएपछि पछिल्ला २२ दिनमा ७० वटा चित्र बनाएकी छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा